रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाँले मधेससहित आदिवासी जनजातिले उठाएको मुद्दा जायज भएको बताउनुभयो । उहाँले नेपाली जनताले अधिकारको लागि गर्ने हरेक आन्दोलनमा कांग्रेसको समर्थन रहने बताउनुभयो ।
कोषाध्यक्ष यादवले झापादेखि कञ्चनपुरसम्म मधेसमा दुई प्रदेश हुनुपर्ने धारणा राख्दै मधेसी मोर्चाले अगाडि सारेका सबै मागमा आफ्नो समर्थन रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मधेसमा दुई प्रदेश हुनुपर्छ, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकतामा सबैलाई समान ब्यवस्था हुनुपर्छ र राज्यको सबै निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ ।’
उहाँले अगाडि भन्नुभयो, ‘मधेस आन्दोलनमा मधेसी जनताको समर्थन भएको भए काठमाडांमा होईन, मधेसमा आन्दोलन हुने थियो ।’
