काठमाडौं, ४ जेठ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सोमबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ ।
दाहाललाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना गर्न मागसहित अधिवक्ता दिनेश त्रिपाठीले अवहेलना मुद्दा दायर गरेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । दाहालले गत शनिवार एक अभिव्यक्तिमार्फत् द्वन्द्वकालीन मुद्दामा अदालतले गरेका निर्णयको अवज्ञा गरिएको दाबी त्रिपाठीको छ । ‘अदालतले दिउँंसै रात पार्न खोजेको’, ‘
आफूहरुले अदालतको आदेश नमान्ने,’ तथा ‘के हो अदालत ?’ भन्ने प्रश्न गर्दै द्वन्द्वकालीन मुद्दाको छिनोफानो सत्य निरुपण तथा मेलमिलाप आयोगले गनुपर्ने भनाई राखेको प्रश्न पनि निवेदनमा उठाइएको छ ।