एजेन्सी । बंगलादेशमा बेश्याबृतिले कानुनी मान्यता पाएको छ । बंगलादेशको तंगैल जिल्लाको कांडापार वेश्यालय त्यहाँको सबैभन्दा पुरानो र दोस्रो ठुलो वेश्यालय हो । २ सय वर्ष पुरानो यो कोठीलाई सन् २०१४ मा हटाइयो । तर स्थानिय एनजिओको दवावमा फेरी सुचारु भयो । कयौं महिला यहीं जन्मे हुर्के र यो सबको अन्त्यपछि कहाँ जाने कुनै योजना नै छैन ।
कतिले त यहाँको महिलाको काम नै वेश्यावृति हो र यो बाहेक उनीहरु केही काम नै गर्न चाहँदैनन सम्म भन्छन् । बंगलादेशको सरकारले यहाँको बेश्यावृतिलाई हटाउने क्रममा कयौं महिलाको उद्धार पनि भयो । यो जिल्लाको बन्द कोठाभित्र आफ्नै छुट्टै दुनिया छ । यो क्षेत्रको आफ्नै नियम छ जुन अन्य समाजभन्दा निकै भिन्न छ । यहाँ महिला कमजोर छन शक्तिशाली पनि । जवान र कम उमेरकि कुनै युवतीले यो पेशामा पाइला राख्नेवित्तिकै उनीहरुको ह्वात्तै माग बढ्छ ।
१२ देखि १४ वर्षका बालिकाहरु तस्करीको सिकार बनेर यहाँ आइपुग्छन् । उनीहरुलाई एउटा म्याडमको जिम्मा लगाइन्छ र बन्दी जस्तै बनाएर राखिन्छ । बाहिर जान नदिने, पैशा राख्न नदिने काम हुन्छ । आफ्नो मुल्य उनीहरुले यहीँ काम गरेर चुकाउनुपर्छ ।
एकदेखि पाँच वर्षको समयमा जव उनी आफ्नो मुल्य चुकाउन सक्षम हुन्छन अनि उनीहरु स्वतन्त्र वेश्या बन्छन् । यसपछि उनी आफ्नो ग्राहक आँफै चुन्छिन र आफ्नो कमाई आँफै राख्न पाउँछिन् । हेर्नुस तस्वीरमा , बंगलादेशमा हुने वेश्यावृतिको केहि भयावह दृश्य ।
