जेठ;२८जनप्रिय बहुमुखी क्याम्पसकोे उत्तरपट्टिबेहोस अवस्थामा अर्धनग्न फेला परेकी स्मृति गुरुङको उपचारको क्रममा मृत्यु भएको छ ।
उनलाई मंगलबार बिहान उद्धार गरेर प्रहरीले मनिापाल शिक्षण अस्पताल पुर्याएको थियो । उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता इन्स्पेक्टर गणेश बमले बताए ।
मंगलबार बिहान मर्निङ वाक गर्ने हिँडेका स्थानीयले बेहोसी अवस्थामा अर्धनग्न देखेपछि प्रहरीलाई खबर गरेका थिए । टाउकोमा गम्भीर चोट लागेकी स्मृतिलाई प्रहरीले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गरेर थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो ।
‘चोटकै कारण मृत्यु भएको देखिएको छ,’ इन्स्पेक्टर बमले भने । अनुसन्धानका लागि केही व्यक्तिहरुसँग सोधपुछ गरिरहेको उनले बताए । सोमबार रातिसम्म स्मृति नागढुंगास्थित डेराकै वरपर देखिएको स्थानीयले बताएका छन् । उक्त रात अबरेरसम्म उनी साथीहरुसँग भएको अनुसन्धानका क्रममा खुलेको छ ।
स्मृतिकी आमा पोखरा नभएको बेला घटना भएको उनका गाउँले आनबहादुर गुरुङले बताए । १५ वर्षअघि बुबा बितेपछि आमालेनै लालनपालन गर्दै आएको उनले बताए । ‘आर्थिक अवस्था निकै नाजुक छ,’ उनले भने, ‘उपचारका लागि खर्च भएको रकम पनि तिर्न सक्दैनन् ।’ स्मृतिको उपचारका लागि १ लाख ६ हजार खर्च भएको उनले बताए ।
गोर्खा सिर्दिबास वङसिङ घर भएकी आमा चाँदनीले स्मृति र दुई छोरालाई पोखरा–८ नागढुंगामा डेरा लिएर लालनपालन गर्दै आएकी थिइन् । चाँदनीले ज्याला मजदुरी गरेर छोराछोरी हुर्काएकी हुन् । २१ वर्षीया स्मृति जनप्रिय उमाविमा कक्षा ९ सम्म पढेर छाडेकी थिइन् ।
पोहोर वैशाख १२ को भूकम्पले भत्काएको घर बनाउन एक हप्ताअघि चाँदनी दुई छोरासहित गाउँ गएको बेला स्मृतिमाथि यस्तो घटना भएको रञ्जित गुरुङले बताए । ‘घटना भएको भनेर आमालाई जानकारी गराएका छौं,’ उनले भने, ‘उनीहरु भोलि या पर्सि आउन सक्छन् ।’
स्मृतिको गाउँ सिर्दिबास वङसिङबाट गोर्खा सदरमुकाम आउन २ दिन लाग्ने उनले बताए । ‘आमा आएपछि शव बुझ्ने काम हुन्छ,’ उनले भने, ‘अहिले मनिपाल शव गृहमा राखिएको छ ।’ घटनाको वास्तविकता बाहिर आउनुपर्ने उनले बताए । ‘समाजले घटनामा संलग्नलाई पक्राउ गरी तुरुन्तै कारबाही गर्न प्रहरीलाई आग्रह गरेको छ,’ उनले भने, ‘स्मृतिको परिवारबाट पहल गर्ने कोही नभएको हुनाले समाजले सहयोग गर्ने छ ।’
गत माघ १७ गते मालेपाटनमा पनि यस्तै प्रकृतिको घटना भएको थियो । मोरङ घर भएकी ४० वर्षीया सरस्वती लिम्बु मृत अवस्थामा फेला परेकी थिइन् । उनको पनि टाउकोमा गम्भीर चोट लागेकै कारण मृत्यु भएको थियो ।
तत्कालीन वडा प्रहरी कार्यालय वैदामका प्रमुख इन्स्पेक्टर वीरेन्द्र गोदारले घटनामा संलग्न व्यक्ति छिट्टै पत्ता लगाउने भने पनि अझैसम्म कस
स्रोत;समाधान न्युज