भाउजुलाई आशंकामा दाईको नै यस्तो भयानक कार्य

भारतको मध्यप्रदेशमा एकपटक फेरि देबर भाउजुको पवित्र सम्बन्धमा आशंका गरेर भयानक घटना बाहिर आएको छ । आफ्नी पत्नीसँग यौनसम्बन्ध राखेको आशंकामा छ महिना पहिले एक व्यक्तिले आफ्नै भाइको हत्या गरेको खुलासा भएको हो । हत्या गर्नुअघि ती व्यक्तिले आफ्नै भाईको नाक काटिदिएका थिए । पाटन थाना क्षेत्रको मोरझरी गाउँका ३५ वर्षीय कालु पुत्र वालजी आफ्नो काकाको छोरा रालु पुत्र नाथुसँग सेमलिया गाउँमा गएका थिए । दाई रालुले आफ्ना साथीसँग मिलकर पत्नीसँग अवैध सम्बन्ध राखेको आशंकामा कालुलाई कुटपिट गरेर हत्या गरेको स्थानीय पुलिसले जनाएको छ । Mahila-Sex-Nepaliरालुले भाई कालुको नाक काट्नुका साथै लठ्ठीले होनर कुटपिट गरेको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ । आफ्नै दाई र उनका साथीको कुटपिटबाट गम्भीर चोट लागेका कालु अचेत भएका थिए । तत्काल सूचना पाएको थांदला थाना पुलिसले कालुलाई उद्दार गरेर स्थानीय चिकित्सालयमा भर्ती पनि गराएको थियो । कालुलाई थप उपचारका लागि महात्मा गांधी चिकित्सालयमा लगियो । उपचारका क्रममा कालुको स्वास्थ्यमा सामान्य सुधार भएपछि आफन्तले उदयपुरस्थित घर लगेका थिए । तर, १५ दिनअघि घर लगिएका कालुको मंगलवार राति अचानक मृत्यु भएको प्रहरीले जनाएको छ । -