श्रीमतीलाई अर्को केटासँग गेष्टहाउसबाट समातेपछि…

घरमा पत्नीले सधैजसो झगडा गर्ने र रातिराति फेसबुकमा च्याट गरेपछि कीर्तिपुरका अच्युत (नाम परिवर्तन) चिन्तित थिए ।तीन वर्षको छोराको आमा रहेकी बिमली (नाम परिवर्तन)अर्के केटासँग अफेयरमा थिईन। असझदारी बढ्दै गएपछि अच्युत आमा भेट्न हेटौंडामा जान्छु भनेर घरबाट निस्किए ।
lविमलीलाई झन बाटो खुल्यो । चर अच्युत हेटौंडा नगइकन आमालाई बीचबाटोमै बोलाएर आमाको मोबाइल नम्बरबाट बिमलीलाई फोन गरे ।सासुको मोबाइलबाट फोन आएपछि बिमली अच्युत घर पुगेकोमा ढुक्क भइन । अच्युत एक दुई दिन कोठामा नगइ बिमलीको चियोचर्चो गर्न थाले ।
प्रहरीको महिला सेलमासमेत जानकारी गराएका उनले विमली अर्के केटासँग चोभारको एक गेष्टहाउसमा पुगेको सूचना पाए । प्रहरीले विमलीलाई अर्को केटासँग रहेको बेला समात्यो ।ती पुरुषसँग ३ वर्षदेखि सम्पर्कमा रहेकी विमलीको स्वार्थ यौन प्यास मेटाउनु मात्रै रहेको प्रहरी अनुसन्धानबाट खुल्यो ।

प्रहरीले ती युवक र विमलीसँग सोधपुछ गर्यो । ती युवकले विवाह नगर्ने तर क्षतिपूर्तिबापत ८ लाख तिरिदिने बताए । उनी फाइनान्सबाट पैसा निकालेर विमलीका पतिलाई बुझाउन प्रहरी चौकीमै पुगे ।

प्रहरीले सम्झाएपछि विमलीलाई अँगाल्ने निधो गरिसकेका अच्युतको एकाएक मन फेरियो र उनले तीन वर्षको छोरालाई देखाउँदै भने, ‘यो मेरो छोरो होइन, त्यही केटासँग सुतेर जन्माएकी हो । डीएनए टेस्ट गरेर मात्र लैजान्छु ।’ प्रहरी निरीक्षक चन्दका अनुसार विमलीमा कुनै पश्चाताप थिएन । विमलीले पतिलाई छाडी छोरोलाई लिएर गइन् ।