एडेन, ३ जेठ, यमनको दक्षिण क्षेत्रमा अवस्थित मुकाला सहरमा इस्लामिक स्टेट आईएस समूहद्वारा गराइएको आक्रमणमा परी मृत्यु हुने यमनी प्रहरीको सङ्खया ३७ पुगेको स्थानीय अस्पताल स्रोतले बताएको छ । करिब दुई लाख मानिस बसोबास गर्दै आएको मुकालमा हालैका दिनमा गरिएको यो दोस्रो आतङ्ककारी हमला हो । मुकालामा अलकायदा समूहले आश्रयस्थल बनाउँदै आएकोमा सेनाले गएको महिनामा यसलाई सरकारको नियन्त्रणमा ल्याएको थियो । विस्फोटक पदार्थसहितको पेटीलगाई प्रहरीको लाइनमा बसी गराइएको उक्त घटनामा ६० जना नागरिक घाइते भएका छन् । आक्रमणका बेला हाद्रामावटका सुरक्षा प्रमुख मुवारक अल अवथानीसमेत उपस्थित रहेको उक्त ठाउँमा आक्रमण भए पनि उहाँलाई भने कुनै चोट नलागेको प्रहरी अधिकारीले बताएका छन् । -
