श्रीमानसँग यौन प्यास नमेटिएपछि…..

काठमाडौँ – पत्नीले सधैजसो झगडा गर्ने र रातिराति फेसबुकमा च्याट गरेपछि कीर्तिपुरका अच्युत चिन्तित थिए । तीन वर्षको छोराको आमा रहेकी बिमली अर्के केटासँग अफेयरमा थिईन । असझदारी बढ्दै गएपछि अच्युत आमा भेट्न हेटौंडामा जान्छु भनेर निस्किए । विमलीलाई झन बाटो खुल्यो ।
तर अच्युत हेटौंडा नगइकन आमालाई बीचबाटोमै बोलाएर आमाको मोबाइल नम्बरबाट बिमलीलाई फोन गरे । सासुको मोबाइलबाट फोन आएपछि बिमली अच्युत घर पुगेकोमा ढुक्क भइन ।
अच्युत एक दुई दिन कोठामा नगइ बिमलीको चियोचर्चो गर्न थाले । प्रहरी महिला सेलमासमेत जानकारी गराएका उनले विमली अर्के केटासँग चोभारको एक गेष्टहाउसमा पुगेको जानकारी पाए । प्रहरीले विमलीलाई अर्केकेटासँग समात्यो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । ती पुरुषसँग ३ वर्षदेखि सम्पर्कमा रहेकी विमलीको स्वार्थ यौन प्यास मेटाउनु मात्रै रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।