काठमाडौँ, २५ असार | मृत्यु दण्डको सजाय पाएकी डोल्मा शेर्पा अन्तत नया जीवन पाएर नेपाल फर्किएकी छिन | रोजीरोटीको मीठो सपना लिएर १२ वर्षअघि कुवेत पुगेकी सिन्धुपाल्चोककी डोल्मा शेर्पा जेलनेलको लामो सजाय बेहोर्दै शनिबार साँझ घर फर्केकी हुन्।
परिवारको आर्थिक सहयता होस् भनेर विदेश गएकी डोल्मालाई के थाहा त्यहा यस्तो हुन्छ भन्ने | ‘सानो छोरा र श्रीमानलाई घर छाडेर कुवेत गएकी थिएँ, सबै कुरा आफूले भनेजस्तो कसको हुन्छ र ?’,एक फिलिपिनो सहकर्मीको हत्याको आरोपमा १० वर्ष लामो जेल सजाय बेहोर्दै घरफिर्ती केन्द्र (डिपोर्टसेन सेन्टर) बाट घर फर्किएकी ३८ वर्षिया डोल्माले सुनाइन, ‘जसरी भएपनि घर फर्कन पाएँ, म अत्यन्त खुशी छु, इन्साल्ला…।’ यो खबर देवेन्द्र भट्टराईले आजको कान्तिपुरको पहिलो पृष्टमा लेखेका छन्। :
